६ माघ २०८१,धनकुटा । धनकुटाको मुलघाटमा अवस्थित विश्रान्ति मन्दिरको साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा मन्दिरमा आगामी फागुन ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने शिव महापुराणका लागि गठित उपसमितिका संयोजक तथा सहसंयोजकहरुले हालसम्म भएको तयारी तथा समितिले गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदा प्रसाद मिश्रको अध्यक्षतामा…