२८ असोज, २०८२ धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा आज धनकुटाको जिरोप्वाइन्टमा सडक दुर्घटनासम्बन्धी कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ। दुर्घटनापछि उत्पन्न हुन सक्ने जटिल अवस्थाको सामना कसरी गर्ने भन्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। कृतिम अभ्यासमार्फत सडक दुर्घटना के कारणले हुन सक्छ, दुर्घटना भएमा तत्काल के गर्नुपर्छ, उद्धार कसरी गर्ने, र त्यस परिस्थितिमा…