२६ असोज,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–जितपुरस्थित नगरपालिकाको कार्यालयबाटै राष्ट्रिय परिचयपत्र बनाउने सेवा सुरु भएको छ। नगरपालिकाले सोमबारदेखि सेवा सञ्चालनमा ल्याएसँगै परिचयपत्र बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको हो। यसअघि राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम पुग्नुपर्ने हुँदा ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक तथा टाढाका बस्तीमा बसोबास गर्ने सेवाग्राहीलाई समस्या हुँदै आएको थियो। स्थानीय तहमै सेवा सुरु भएपछि…