३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

Radio Khabar Palika

धनकुटाकी चेलीको काठमाडौंमा करोड लगानी, ‘जिग्री सेकुवा’मा २० जनालाई रोजगारी



१०० केजी सेकुवासहित ग्रान्ड ओपनिङको तयारी, पहिलो १०० जना ग्राहकलाई निःशुल्क बियर

  • धनकुटा नगरपालिका–५ तल्लो कोप्चेकी रुजा प्रधानले काठमाडौंको धुम्बाराहीमा करिब ३० करोड रुपैयाँ लगानीमा आधुनिक ‘जिग्री सेकुवा’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी छन्।
  • रेस्टुरेन्ट सञ्चालनसँगै २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। आधुनिक आर्किटेक्चर, प्रिमियम वातावरण र सुविधासम्पन्न डाइनिङ स्पेस यसको विशेषता हुन्।
  • रेस्टुरेन्टको भव्य ग्रान्ड ओपनिङ आगामी मंसिर २ गते हुँदैछ। उद्घाटनका अवसरमा १०० केजी सेकुवा तयार गरिनेछ।
  • उद्घाटनको दिन पहिलो १०० जना ग्राहकलाई निःशुल्क बियर उपलब्ध गराइने सञ्चालक प्रधानले जानकारी दिएकी छन्। राजधानीमा धनकुटाकी चेलीको यो लगानी उद्यमशीलता र रोजगारी सिर्जनाको उदाहरण बनेको छ।

विदुर खवास

२९, कार्तिक,काठमाडौं । धनकुटाकी चेली रुजा प्रधानले राजधानी काठमाडौंमा करिब ३० करोड रुपैयाँ लगानी गरेर आधुनिक तथा सुविधासम्पन्न रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी छन्। काठमाडौंको रिङरोडअन्तर्गत धुम्बाराहीमा निर्माण गरिएको ‘जिग्री सेकुवा धुम्बाराही’ले एकैपटक २० जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ।

आकर्षक आर्किटेक्चर, प्रिमियम एम्बियन्स, आधुनिक सजावट र आरामदायी डाइनिङ स्पेससहित निर्माण गरिएको रेस्टुरेन्टले काठमाडौंको आतिथ्य तथा खानपान क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्य राखेको छ। करिब जग्गा सहित ३० करोड रुपैयाँको ठूलो लगानीमा तयार भएको रेस्टुरेन्टमा sky Bar , आरामदायी डाइनिङ स्पेस तथा विभिन्न स्वादका खानाका परिकार उपलब्ध हुनेछन्। ग्राहकलाई स्वादसँगै फरक वातावरण र आतिथ्यको अनुभव प्रदान गर्ने उद्देश्यले रेस्टुरेन्ट निर्माण गरिएको सञ्चालक प्रधानको भनाइ छ।

धनकुटा नगरपालिका वडा नं ५ तल्लो कोप्चेमा जन्मिएर काठमाडौंमा व्यवसाय विस्तार गरेकी प्रधानको यो लगानी उद्यमशीलताको उदाहरणसमेत बनेको छ। रेस्टुरेन्ट सञ्चालनसँगै २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यसले निजी क्षेत्रको लगानीमार्फत रोजगारी सिर्जना गर्न सकिने सम्भावनालाई पनि उजागर गरेको छ। रेस्टुरेन्टको भव्य ग्रान्ड ओपनिङ आगामी मंसिर २ गते आयोजना हुँदैछ। उद्घाटनलाई विशेष र स्मरणीय बनाउन १०० केजी सेकुवाको विशेष व्यवस्था गरिने भएको छ। साथै, उद्घाटनको दिन पहिलो १०० जना ग्राहकलाई निःशुल्क बियर उपलब्ध गराइने सञ्चालक प्रधानले जानकारी दिईन ।

पछिल्लो समय काठमाडौंमा खानपानसँगै पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट तथा मनोरञ्जनका लागि आकर्षक रेस्टुरेन्ट खोज्ने ग्राहक बढिरहेका बेला जिग्री सेकुवा धुम्बाराहीले आफ्नो छुट्टै पहिचान बनाउने अपेक्षा सञ्चालकको छ । धनकुटाकी चेलीले राजधानीमा गरेको करिब ३० करोड रुपैयाँको लगानी र २० जनालाई दिएको रोजगारीले जिल्लाबाहिर पुगेर पनि उद्यमशीलताको नयाँ सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ।पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट तथा मनोरञ्जनका लागि आकर्षक रेस्टुरेन्ट खोज्ने ग्राहक बढिरहेका बेला जिग्री सेकुवा धुम्बाराहीले आफ्नो छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।