३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

Radio Khabar Palika

धनकुटामा एकमहिने नेवा धिमेबाजा प्रशिक्षण सुरु

३ साउन, धनकुटा । नेवार समुदायको मौलिक कला, संस्कृति तथा परम्परागत धिमेबाजाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकामा एकमहिने नेवा धिमेबाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ। नेवास् सृजनशील महिला समूह, धनकुटा–७ को आयोजनामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन आईतबार सम्पन्न भएको हो। कला संस्कृतिको जगेर्ना गरौंू भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रशिक्षण…