६,चैत्र,धनकुटा । कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले आँधीहुरीबाट क्षति पुगेका धनकुटास्थित स्वास्थ्य संरचनाको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन । मन्त्री लिम्बूले धनकुटा सदरमुकामस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको निरीक्षण गर्दै हावाहुरीका कारण भएको क्षतिको अनुगमन गरे। सो क्रममा उनले अस्पतालको भौतिक संरचनामा पुगेको क्षति, सेवा प्रवाहमा परेको असर तथा मर्मत–सम्भारको अवस्थाबारे…