धनकुटा, २८ पुस । नेपाली सेनाले धनकुटाको हिलेस्थित २ नम्बर बाहिनी अड्डाको प्रवेशद्वारमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरेको छ। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार शालिकको औपचारिक अनावरण गरिएको हो। शालिकको अनावरण नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी गौरवकुमार केसीले गर्नुभएको थियो। कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको…