२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

Radio Khabar Palika

धनकुटामा हिन्दू स्वयंसेवक संघको प्रारम्भिक वर्ग प्रशिक्षण सम्पन्न



२५ असोज, धनकुटा। हिन्दू स्वयंसेवक संघ, नेपाल कोशी सम्भाग धनकुटाको आयोजनामा सञ्चालन गरिएको प्रारम्भिक वर्ग २०८३ सम्पन्न भएको छ।
धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिरमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको वर्गमा १३ वर्षभन्दा माथिका विभिन्न विद्यालयका ६० जना विद्यार्थी सहभागी भएका थिए। नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) कल्याणकुमार तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवाससहित हिन्दू स्वयंसेवक संघका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


हिन्दू स्वयंसेवक संघ धनकुटाका सहसचिव भेषराज कटेलको अध्यक्षतामा सम्पन्न वर्गमा सहभागी विद्यार्थीलाई अनुशासन, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा स्वयंसेवकीय भावनासम्बन्धी प्रशिक्षण दिइएको हिन्दू स्वयंसेवक संघ धनकुटाका सहसचिव भेषराज कटेलले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन भएको प्रशिक्षणले विद्यार्थीमा सामाजिक सद्भाव, नैतिक मूल्य, नेतृत्व क्षमता र सेवाभाव विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ। कार्यक्रममा सहभागी विद्यार्थीलाई समाजप्रति जिम्मेवार बनाउँदै सकारात्मक गतिविधिमा प्रेरित गर्ने उद्देश्य राखिएको हिन्दू स्वयंसेवक संघ धनकुटाका सहसचिव कटेलले बताए ।