विदुर खवास ३२ असार,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चालन हुने भनिएको फलफूल बगैंचा विस्तार कार्यक्रम ठेक्का विवादका कारण प्रभावित भएको छ। किसानलाई वितरण गरिने फलफूलका बिरुवा सम्झौताअनुसार उपलब्ध नभएपछि नगरपालिकाले १४ लाख रुपैयाँको ठेक्का रद्द गरेसँगै १ हजार १ सय किसान प्रत्यक्ष प्रभावित भएका छन्। सङ्घीय सरकारको ७५ लाख रुपैयाँ विशेष अनुदानअन्तर्गत १० वटै वडामा…