१० चैत,धनकुटा । धनकुटाको मूलघाटमा सञ्चालित विश्रान्ति वृद्धाश्रमलाई कर्मचारी सञ्चय कोषले एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चय कोषको धनकुटा सेवा केन्द्रमार्फत उक्त सहयोग उपलब्ध गराइएको हो। सेवा केन्द्रका प्रमुख झलकराज शर्माले आश्रम व्यवस्थापन समितिका अध्यक्ष शारदाप्रसाद मिश्रलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्रमुख शर्माका अनुसार सहयोग रकम…