२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

Radio Khabar Palika

पत्रकार विनोद घिमिरेलाई धनकुटामा सम्मान



२९ असार,धनकुटा । पत्रकार विनोद घिमिरे धनकुटामा सम्मानित भएका छन्।
धनकुटा नगर कार्यपालिकाको ४४औँ बैठकले पत्रकारिता क्षेत्रमा घिमिरेले पुर्‍याएको योगदानको कदर गर्दै उत्कृष्ट पत्रकारका रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।
धनकुटा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल तथा प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले घिमिरेलाई दोसल्ला, नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरी सम्मान गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख तामाङले व्यावसायिक, पारदर्शी र निष्पक्ष पत्रकारितामार्फत समाजलाई सही सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै घिमिरेलाई सम्मान गरिएको बताए। पत्रकारिता का माध्यमबाट घिमिरेले सुशासन, विकास र उत्तरदायी समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रमुख तामाङको भनाइ छ । विगत २४ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय घिमिरेले समाज विकास, पूर्वाधार निर्माण, पर्यटन, कृषि, खेलकुद तथा सामाजिक विकृति–विसंगतिका विषयलाई निरन्तर रूपमा प्राथमिकताका साथ उठाउँदै आएका छन्।