१६ चैत्र, धनकुटा।प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले विभिन्न निकाय तथा व्यक्तिहरूलाई प्रशंसापत्रसहित सम्मान गरेको छ।निर्वाचनलाई सहज, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटास्थित सुरक्षा निकायका प्रमुखहरू, कोलोनीका प्रमुख तथा नेपाल पत्रकार महासंघलाई सम्मान…