२० बैशाख,धनकुटा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनकुटामा आयोजित दीप प्रज्वलन कार्यक्रम औपचारिकतामा सीमित रहेन, प्रेस स्वतन्त्रताको रक्षा र अधिकारका लागि संघर्षको सशक्त सन्देशसहित सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले पछिल्लो समय प्रेसमाथि बढ्दो दबाबप्रति चिन्ता व्यक्त गर्दै आवश्यक परे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।कार्यक्रममा नेपाल पत्रकार…