२८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025

Radio Khabar Palika

नेपाली कांग्रेसले संचालन गरेको सय दिने बिशेष अभियानको समापन



१६ माघ २०८१,धनकुटा । नेपाली कांग्रेसले संचालन गरेको सय दिने बिशेष अभियानको धनकुटामा बुधबार समापन गरिएको छ ।
कार्तिक ३ गते बाट सुरु गरिएको अभियान लाई एक कार्यक्रमका बिच नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले समापन गरेकी हुन। समापन कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले पाटीको कृयाशिल वितरणमा कुनै पक्षपात नगर्न पाटीका नेता कार्यकर्ता लाई आग्रह गरिन। पाटी लाई मजबुद बनाउँन सबै नेता कार्यकर्ताको सहयोग आवश्यक भएकोले त्यस अनुरुपनै अगाडी बढ्नु पर्ने बताईन । उनले जिल्ला बाट प्राप्त भएका सुझाव तथा गुनासा लाई पाटीले यथोचित रुपमा सम्बोधन गर्ने समेत बताईन । पाटी सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयदिने अभियान अन्तरगत पालिकामा तोकीएका प्रतिनिधिहरुले आ आफनो प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।