७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने ः शेखर कोइराला



१७ माघ २०८१,विराटनगर । संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन ।
विहिवार विराटनगरमा आयोजना गरिएको संविधान संसोधन आवश्यकता र चुनौती विषयक अन्तक्रियामा बोल्दै नेता कोइरलाले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताएका हुन । उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संसोधन गर्नैपर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने धारण राखे । संविधान संसोधन गर्दा सबै राजनैतिक दलहरु बीच सहमति र समझदारी आवश्यक रहेको उनको भनाई थियो । कोइरालाले २०७२ सालमा संविधान निर्माण गर्दा ताका जनताहरुबाट लिइएका सुझावलाई आधार बनाएर संविधान संसोधन गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संसोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एशोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाईको प्रावधान खारेज गर्न उनले आग्रह गरे ।