७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

Radio Khabar Palika

होमियोप्येथिक चिकित्सालाई सुदृढिकरण र विकास गर्नु आजको आवश्यक्ता ः मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियोप्येथिक चिकित्सालाई सुदृढिकरण र विकास गर्नु आजको आवश्यक्ता भएको बताएका छन। विराटनगरमा नेपाल भारत होमियोप्येथिक हेल्थ समिटको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले होमियोप्येथिक चिकित्सामा देखिएका नकरात्मक प्रतिकृयालाई निरुत्साहन गर्दै विश्वास बढाउनु पर्ने बताए । होमियोप्येथिक काउन्सिल र कलेज खोल्नका लागि सरकारले आवश्यक सहकार्य र समन्वय गर्ने उनको भनाई थियो ।
होमियोप्येथिक चिकित्सालाई व्यवस्थित गरेर सुदृढ गर्नका लागि प्रदेशमा कार्यदाल बनाएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने कार्यदल बनाउ, त्यसका सुझावका आधारमा काम गरौँ । प्रदेश सरकार सिमित श्रोत र साधनका बाबजुद पनि यसमा काम गर्न तयार छ ।ु
कोशी प्रदेश हिमाल, पहाड, तराईको प्रकृतिक मनोरम र जैविक स्थल भएको चर्चा गर्दै उहाँले यसबाट पनि होमियोचिकित्साले फाइदा लिन सक्ने उनले बताए । उनले भारतमा भएको होमियो चिकित्साको विकासलाई ध्यान दिएर विज्ञहरुलाई यहाँ ल्याएर विज्ञताका आधारमा होमियोप्येथिक चिकित्सालाई अगाडि बढाउन समिट फलदायी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा आएका नेपाल र भारतका होमियोप्येथिक चिकित्सकहरुलाई स्वागत सम्मान गर्दै उनले आगामी दिनमा होमियो चिकित्सा प्रणालीबाट स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने धारणा राखे। नेपाल होमियोप्येथिक चिकित्सक संघको आयोजनामा भएको सो कार्यक्रममा भारत र नेपालका १ सय भन्दा बढी होमियोचिकित्सकहरुको सहभागिता रहेको छ । कार्यक्रममा होमियोप्येथिक चिकित्सक डा। जीवन प्रकाश रायलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उनलाई मुख्यमन्त्री कार्कीले सो अवार्ड प्रदान गरे ।