
३ फागुन २०८१,धनकुटा। धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य मञ्जु कार्कीले कार्यपालिका सदस्य कोषबाट धनकुटा २ भीरगाउँमा भाडा वत्तनमा साथ विभिन्न समाग्रीहरु वितरण गरिन ।
धनकुटा नगरपालिका वडा नं. २ श्री मधुगंगा देउराली आत्मनिर्भर कृषक समुहलाई कार्यपालिका सदस्य कार्कीले कार्यपालिका सदस्य कोषबाट साउण्ड सिस्टम १ थान,कृर्सी टेवल ५ सेट,आरी ५ वटा,गिलास,थाल ,÷चम्ची ५०÷५० थान,मख,डाडु,पन्यूहरु,हड्केश २ थान लगायतका विभिन्न समाग्रीहरु गरी जम्मा १ लाख १३ हजार रुपैया बवावरको सामाग्री हस्तान्तरण गरिन ।
उक्त समाग्रीहरु नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कार्यपालिका सदस्य मञ्जु कार्की,नेपाली कांग्रेस नगर कार्य समितिका सभापती अभिषेक कर्माचार्य,कार्यपालिका सदस्य दिल कुमार राई,नेपाली कांग्रेस वडा नं.२ का सभापती राज कुमार राईले श्री मधुगंगा देउराली आत्मनिर्भर कृषक समुहका अध्यक्ष हर्क राई लगायत समुहका पदाधिकारी तथा सदस्यहरुलाई भव्य कार्यक्रममा संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।
सो समाग्रीहरु नेपाली कांग्रेस धनकुटा वडा नं. २ का सभापती राज कुमार रुाईको पहलमा नेपाली कांग्रेस धनकुटाको आग्रहमा कार्यपालिका सदस्य मञ्जू कार्कीले आफ्नो कार्यपालिका कोषबाट खरीद गरी प्रदान गर्नु भएको हो ।
नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिकामा आफ्नो पार्टीको तर्फबाट विजय भएका कार्यपालिका सदस्यहरुलाई वडाध्यक्ष पराजित भएका वडाहरुमा कार्यपालिका कोषबाट विकास निर्माण लगायत मानव विकासका लागी कार्यक्रम संचालन गर्न निर्देशन दिएपछी कार्यपालिका सदस्यहरु मञ्जु कार्कीले वडा नं. २ मा,कार्यपालिका सदस्य दिल कुमार राईले वडा नं. १ मा,कार्यपालिका सदस्य मैया श्रेष्ठले वडा नं. ४ मा,कार्यपालिका सदस्य भोगेन्द्र राईले वडा नं. ८ मा र कार्यपालिका सदस्य रेजिना हिङमाङ्गले वडा नं. ९मा आफ्नो कार्यपालिका कोषबाट विकास निर्माण लगायत मानव विकासका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन ।