धनकुटा । नेपाली कांग्रेस धनकुटा प्रदेश सभा निर्वाचन क्षेत्रिय समिति क को आज सम्पन्न भएको बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र नंं क को क्षेत्रिय सम्मेलन पौष दोस्रो साता गर्ने निर्णय गर्दै सम्मेलन सफल बनाउन व्यापक रुपमा लाग्ने निर्णय गरेको छ ।
उक्त बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले नेपाली कांग्रेस धनकुटामा पुस्तान्तरण भएको अव रुपान्तरणमा सवै एकजुट भएर लाग्ने वताउनु बताए । संविधान सभा सदस्य लिला सुब्बाले पार्टीको हरेक तहमा महिलाहरुलाई अर्थपूर्ण र निर्णायक ढंगले सहभागी गराउनु पर्नेमा जोड दिईन ।नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य गोविन्द्र लिम्बुले १०० दिने विशेष अभियानलाई सफल बनाउन सवैक एकजुट भएर लाग्ने बताए ।
नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेस धनकुटामा अव मुल्यांकनको परिपाटी शुरुवात भएकोले कामको आधारमा अव आगामी निर्वाचनमा टिकट वितरण गरिने बताएका छन ।
नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रिय समिति क्षेत्र नं. क का सभापती जितेन्द्र राईको अध्यक्षतमा सम्पन्न भएको बैठकले प्रदेश सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं. क का सम्मेलन आगामी पौष १३ गते धनकुटा सदरमुकाममा गर्ने,,१०० दिने विशेष अभियानमा पालिका स्तरमा प्रतिनिधिहरु पठाउने,,नेपाली कांग्रेस कोशी प्रदेशले संचालन गर्न लागेको आगामी पौष १६ गते देखी नेपालकै सवैभन्दा होचो झापाको केचना देखी विश्वकै अग्लो शिखर सगरमाथा सम्मको जागरण पदयात्रा लाई सफलब बनाउन सहयोग र सहभागीता गर्ने र नेपाली कांग्रेस कोशी प्रदेशको पौष २२ गते हुने प्रदेश सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने र प्रतिनिधि समेत छनौवट गर्ने निर्णय गरेको क्षेत्रीय सचिव नगेन्द्र तामांङले जानकारी दिए ।
सो अवसरमा नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्य समिति क्षेत्र नं. क का उपसभापती मिलन खड्गी,सचिव नगेन्द्र तामांङ,कार्य समिति सदस्यहरुले धन वहादुर खड्का,कुसुम जोशी श्रेष्ठ,हिमा चेम्जोग,पुजन लिम्बु,रोहीणी पाण्डे लगायतले आ आफ्नो धारणा राखेका थिए ।
नेपाली कांग्रेस कोशी प्रदेशको विराटनगरमाा आगामी पौष २२ गते हुन गैरहेको प्रदेश सम्मेलनका लागी प्रदेश सभा निर्वाचन क्षेत्रिय समिति क्षेत्र नं. क को तर्फबाट प्रदेश प्रतिनिधिहरुमा सभापती जितेन्द्र राई, सहित धन वहादुर खड्का,नगेन्द्र राई,मिलन खड्गी,भूपेन्द्र भण्डारी, हिमा चेम्जोग, पुजन लिम्बु,यम प्रकाश मगर,जानुका सुन्दास,नगेन्द्र तामाङलाई छनौट गर्ने निर्णय गरेको सचिव तामाङले जानकारी दिए ।
१४ मंसिर २०८१, शुक्रबार
1.3k
Shares