२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

Radio Khabar Palika

गाेलखाडी मावि लाई नगद, शैक्षिक र खेल सामग्री हस्तान्तरण



धनकुटा २४ असार , धनकुटाकाे साँगुरीगढि गाउँपालिका ७ मा रहेकाे गाेलखाडी माध्यमिक विद्यालय लाई साझा फाउन्डेसन धरान ,इटहरी कार्यलयले नगद, शैक्षिक र खेल सामग्री हस्तान्तरण गरेकाे छ । विद्यालयमा एक कार्यक्रम आयाेजना गरि फाउन्डेसनले विद्यालय विद्यार्थीका लागि कपी, कलम, क्लकुलेटर सहित विभिन्न खेल सामग्री र गरीब तथा जेहेन्दार विद्यार्थीका लागि सहयाेग पुग्ने गरि नगद १० हजार हस्तान्तरण गरेकाे हाे । हस्तान्तरण कार्यक्रममा बाेल्दै फाउन्डेसनका प्रतिनिधिहरु दुर्लभ कार्कि र प्रकाश लकान्द्रीले फाउन्डेसनले विभिन्न सहयाेगका कार्यक्रम गर्दै आएकाे र विद्यार्थी र विद्यालय लाई सहयाेग गर्न पाउँदा खुसी लागेकाे बताउनु भयाे । कार्यक्रममा बाेल्दै विद्यालयका प्रधानाध्यापक खेलबहादुर इवाहाङले सहयाेगले विद्यार्थीकाे शिक्षा र अतिरिक्त कृयाकलापमा निकै ठुलाे सहयाेग पुर्याउने धारणा राख्नु भएकाे थियाे । कार्यक्रम बाेल्दै विद्यालयका शिक्षक वीरबहादुर राइले शिक्षा क्षेत्रकाे सुधारका लागि सबै साथ र सहयाेग हुनु पर्ने बताउनु भयाे । कार्यक्रममा फाउन्डेसन का तर्फबाट गाेपाल निराैला र यादव पाैडेलकाे पनि उपस्थित थियाे । त्यस्तै कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष धर्मध्बज राई शिक्षक अभिभावक संघका अध्यक्ष गाेपाल चाैहान, शिक्षकहरु रमेश सुरयत यादब, जीवन कुमारी राई, राेहिणी प्रसाद सुवेदी , विद्यालय सहायक प्रधानाध्यापक श्यामबहादुर राई, चन्द्र बराल, माेहन बहादुर राई, अनिसा राई, समुन्द्र कार्की , महेश प्रसाद निराैला, विकास घिमिरे , समीक्षा राई, दिलकुमारी राई, बुद्धिमाया राई लगायतकाे उपस्थित रहेकाे थियाे । भने कार्यक्रम संचालन शिक्षिका जीवनकुमारी राईले गर्नु भएकाे थियाे भने स्वागत मन्तव्य शिक्षक श्यामबहादुर राइले गर्नु भएको थियाे ।