१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

Radio Khabar Palika

कोशीमा डीआईजीले सुरु गरेको महत्वपूर्ण अभियान –



२७ फागुन,इटहरी । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान ९फाइट एगेन्स्ट नार्कोटिक्स०’ अभियान सञ्चालन गर्दै आएको छ ।

‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदै छ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला वर्तमान कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले गरेका थिए। अधिकारीको नेतृत्वमा यस अभियानलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समेटेर अघि बढाइएको थियो । जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

डीआईजी अधिकारीले अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताए । अधिकारीले यस अभियानको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा व्यापक पहल गरेका छन् । अभियानको प्रभावले समुदायमा ठूलो जागरूकता र परिवर्तन ल्याएको छ।