७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

सरकारले ल्याएको अध्यादेशलाई समाजबादीले विरोध गर्ने



१७ माघ २०८१,काठमाण्डौ । निश्चित बर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै नेकपा (एकीकृत समाजवादी)ले विरोध गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले कालाबजारी र निश्चित बर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको हो ।
अध्यादेशले २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको र जसका कारण सिमेन्टको भाउ बढेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । उनले भूमिसम्बन्धी अध्यादेशले गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउने काम भएकाले त्यसको विरोध गरिने उल्लेख गरे । अध्यादेशका बिरुद्ध संघर्षमा जान पनि तयार हुनुपर्छ भन्नेबारे बैठकमा छलफल भएको उनले बताए । त्यस्तै बैठकमा आगामी स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाका बिषयमा पनि छलफल भएको भट्टराईले जानकारी दिए ।