३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

आन्तरिक मामिला तथा कानून मन्त्रीको राजिनामा मुख्यमन्त्रीद्धारा स्वीकृत



विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलावल्लभ अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार उहाँले बुझाउनु भएको राजीनामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वीकृत गरेका हुन ।

आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारीपनि हाललाई मुख्यमन्त्री कार्कीले आफैले राख्नु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार बिक्रम लुईटेलले जानकारी दिनुभयो । मन्त्री अधिकारीले पूर्वस्वीकृति बेगर नै जापान भ्रमण गएको विवादका कारण राजीनामा दिएका हुन ।