
२१ असाेज, धनकुटा । नेपाल बेसबल तथा सफ्टबल संघ धनकुटा जिल्ला कार्यसमिति गठन गरिएको छ। जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्य तथा नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय प्रतिनिधि विनोद कोइरालाको उपस्थितिमा जीवन राईको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो।
नवगठित कार्यसमितिको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा लाला देवी मगर, सचिवमा निशान दर्लामी मगर र कोषाध्यक्षमा मनिक राई चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा विक्रम राई, दिलबहादुर राई र जिसन मगर चयन भएका छन्।
धनकुटामा बेसबल तथा सफ्टबल खेलको विकास, खेलाडी उत्पादन तथा खेल गतिविधिलाई विस्तार गर्ने उद्देश्यले जिल्ला कार्यसमिति गठन गरिएको जनाइएको छ। नवगठित कार्यसमितिले जिल्लामा बेसबल तथा सफ्टबल खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाे खेलकुद विकास समिति का अध्यक्ष मनाेज राईले बताए ।


