१२ चैत्र,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५, डाँडाबजारमा बैशाख दोस्रो साताबाट साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप आयोजना हुने भएको छ । डाँडाबजार फुटबल क्लब, डाँडाबजार धनकुटाको आयोजनामा हुने उक्त प्रतियोगिता बैशाख १७ देखि २० गतेसम्म सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने यस प्रतियोगितामा २२ लाख ७३ हजार…