१४ जेठ, धनकुटा । धनकुटामा जारी १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फाइनलमा प्रवेश गरेको छ। बिहीबार तल्लो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आयोजक टोली उपाधिनजिक पुगेको हो।निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमै आयोजक टोलीका अमित भेश्राले गरेको एकमात्र गोल निर्णायक बन्यो।…