६ साउन, धनकुटा । ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटाले मंगलबार जिल्ला पार्टी कार्यालय रहेको सहिद भीमनारायण स्मृति भवन परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। सोही अवसरमा पार्टीले सञ्चालन गरेको ‘जरा अभियान’को पनि समापन गरिएको हो। जरा अभियान समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नगेन्द्रकुमार कुमालले अभियानले पार्टीलाई…