२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

Radio Khabar Palika

अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला अधिवेशन भोली हुने



२६ जेठ धनकुटा । धनकुटामा अखिल नेपाल महिला संघको आठौं जिल्ला सम्मेलन हुने भएको छ। अखिल नेपाल महिला संघ धनकुटाले पत्रकार सम्मेलन गर्दै आठौं जिल्ला सम्मेलन हुने जनाएको हो । राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता र लोकतान्त्रिक समाज निर्माणका लागि विभिन्न गतिविधिहरू गर्दै आएको संघको आठौं जिल्ला सम्मेलन संघको केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, शोषण, परम्परागत सोच र सांस्कृतिक अन्यायको अन्त्यका लागि संघ निरन्तर संघर्षरत रहेको अखिल नेपाल महिला संघ धनकुटाका अध्यक्ष मनकुमारी तितुङले बताइन । सम्मेलनका विविध कार्यक्रम र एजेन्डाबारे जानकारी दिनका लागि पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताईन । अखिल नेपाल महिला संघ धनकुटाले आगामी दिनमा पनि महिला सशक्तीकरणका अभियानलाई अझ सशक्त बनाउँदै लैजाने अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य यज्ञकुमारी रुजालले जानकारी दिईन । कार्यक्रमममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्र्चाज राजेन्द्र कुमार राईले महिला संघले आजका दिनसम्म निरन्तररुपमा महिलाहरुको हक अधिकारको पक्षमा वकालत गर्दै आएको हुदा आगामी दिनमा पनि सशक्त रुपमा अगाडी बढन सुझाव दिनुभयो ।