२० पुस २०८२, आइतबार | Sun Jan 4 2026

Radio Khabar Palika

माओवादी केन्द्र महालक्ष्मीमा रखालको नेतृत्व कमिटी चयन



२५ जेठ धनकुटा । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर निर्वाचित भएका छन।
नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओम प्रकाश निरौलाको प्रमुख आतिथ्यतामा बसेको पूर्ण बैठकले महालक्ष्मी नगर कमिटीको पदाधिकारी चयन गर्दै सकिएको हो । गत चैत २३ गते सम्पन्न महालक्ष्मी नगर कमिटीको ऐतिहासिक दोस्रो सम्मेलनबाट ५१ सदस्य निर्वाचित भएका हुन । त्यो बेला पदाधिकारी भने चयन गरिएको थिएन ।सो बैठकले उपाध्यक्ष द्वय टिकाराम श्रेष्ठ, सानु कार्की बस्नेत, सचिव लोकबहादुर नेपाल, सहसचिव लिला गुरुङ र कोषाध्यक्ष दुर्गा भुजेल सर्वसम्मत निर्वाचित भएका हुन । सो बैठकबाटै निवर्तमान पदाधिकारीबाट निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण समेत गरिएको थियो । बैठकले नगरका सबै वडामा सक्रिय र जुझारू संगठन निर्माण गरी आगामी निर्वाचनमा महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रकेन्द्रलाई विजयी गराउन जनताका घरदैलामा पुग्ने योजना बनाएको नवनिर्वाचित उपाध्यक्ष सानु कार्की बस्नेतले जानकारी दीइन । बैठकमा नेकपा माअ‍ोवादी केन्द्र महालक्ष्मी नगर इन्चार्ज दुर्गा कुवँर, अखिल नेपाल महिला संघ, क्रान्तिकारी प्रदेश सदस्य सानु कार्की बस्नेत लगायतको उपस्थिती रहेको थियो ।