२० पुस २०८२, आइतबार | Mon Jan 5 2026

Radio Khabar Palika

धनकुटामा तिन डाक्टरसहित चार सम्मानीत



२४ जेठ, धनकुटा । किरात राई यायोक्खा धनकुटाले साकेला उभौली पर्वको समापन समारोहमा शनिवार धनकुटामा तिन डाक्टर सहित चार जनालाई धनकुटा टुडिखेलमा भव्य समारोहकाविच सम्मान गरेको छ ।
किरात राईहरुको महान पर्व साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा धनकुटाले धनकुटा जिल्ला अस्पतालका मेडिकल सुपेरीटेण्डेन डाक्टर सन्तोष राई, धनकुटा निवासी महेन्द्र बहुमुखी क्याम्पस धरानका उप्रध्यापक डा. जिवन राई,धनकुटा निवासी ज्योतिस तथा वास्तुविद डा.सागर राई र जिल्ला शिक्षा समन्वय ईकाइ धनकुटाका प्रमुख महोन राईलाई किरात राईको परम्परा अनुसार फेटा लगाई दिई उन्नती र प्रगतीको लागी आर्शिवाद दिदै सम्मान गरेको हो ।


कार्यक्रममा सहिदभूमी गाउपालिकाका अध्यक्ष मनोज राई,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,सम्मानीत व्यक्तित्व डा. सागर राई,धनकृटा बहुमुखी क्याम्पसका उपप्रध्यापक भाषाविद इच्छापूर्ण राई,नेकपा माओवादी केन्द्रका बिष्णुमाया कन्दगवा,पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई,पार्वती राई,नगेन्द्र राई,किरात राई यायोक्खा सागुरीगढी गाउपालिका कार्य समितिका अध्यक्ष जगत राई लगायतले किरात राई भूमी पुत्रहरु सम्मानीत हनु भएकोमा बधाई दिदै समावेशी सहितको पहिचान आवाश्यक रहेको बताएका छन । किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईको अध्यक्षता सम्पन्न भएको हो । सो अवसरमा किरात राईहरुले साकेला नाच प्रस्तुत गरेका थिए ।