२३ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025

Radio Khabar Palika

ट्यांकर पल्टिदा च्यापिएका चालकको प्रहरीले सकुशल उद्धार



१९ जेठ धनकुटा । धनकुटाको सांगुरीगढी गाउँपालिका १ भगुवा खोलास्थित तमोरकरिडोरमा ट्यांकर पल्टिदा च्यापिएका चालकको प्रहरीले सकुशल उद्धार गरेको छ । फमामेटारबाट मुलघाटतर्फ जादै गरेको रौता कन्ट्रक्सनको प्रदेश नम्बर १–०५–००१ क ००३१ नम्बरकाे पानी बोक्ने खालि ट्यांकर गएराति १० बजे तिर पल्टिएको प्रहरीले जनाएको हाे ।ट्यांकर पल्टिदा चालक उदयपुरको कटारी नगरपालिका ७ का ४४ बर्षिय सुन्दरबहादुर विक च्यापिएर घाईते भएका थिए । उनलाई राति नै उपचारका लागि धरास्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पठाईएको प्रहरीले जनाएको छ ।