१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगितामा षडानन्द नगरपालिका भोजपुर विजयी



नरेन्द्र कश्चित

चैत्र १६,धनकुटा ।धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं(१ घंघरुमा पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका विजेता बनेसँगै शनिबार सम्पन्न भएको छ ।सहिदभूमि गाउँपालिका वडा नं(१ को घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले मोरङको बेलवारी नगरपालिकालाई २५–१८, २५–२१, २२–२५ र २५–२१ को सेटमा हराउँदै विजेता बनेको हो ।विजेता षडानन्द नगरपालिका भोजपुरले उपाधिसँगै एक लाख २१ हजार रुपियाँ हात पारेको छ भने उपविजेता बेलवारी नगरपालिका मोरङ्गले ६५ हजार रुपियाँ प्राप्त गरेको छ ।

विजेता हुने षडानन्द नगरपालिका भोजपुरलाई समापन समारोहका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईद्वारा पुरस्कार वितरण गरिएको थियो ।चैत्र १३ गतेदेखि शुुरु भएको पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित हतुवा गढी गाउँपालिका भोजपुर, षडानन्द नगरपालिका भोजपुर, बेलबारी नगरपालिका मोरङ, साँगुरी गढी गाउँपालिका धनकुटा र छथर जोरपाटी गाउँपालिका धनकुटा गरी ६ टिमको सहभागिता रहेको थियो ।

२०५७ सालमा तत्कालीन माओवादीसँगको भिडन्तमा कालिकोटको कोडबडा कुमालगाउँमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झानामा २०७६ सालबाट ट्रस्ट स्थापना गरी पुरुष भलिबल प्रतियोगिता संचालन गरिदै आएको छ ।