२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

Radio Khabar Palika

बिसम परिस्थीतीकै बिच सकेसम्म जनतालाई राम्रो सेवा प्रवाह गरौँ ः कृषि तथा पशुपक्षी बिकास मन्त्री अधिकारी



६ चैत,धनकुटा । नार्क अहिले बिसम परिस्थीतीमा रहेको कृषि तथा पशुपक्षी बिकास मन्त्री रामनाथ अधिकारीले बताएका छन । राष्ट्रिय कृषि अनुसन्धान परीषद् नार्क अन्तरगत धनकुटामा रहेका कार्यलयको अनुगमन गर्दै मन्त्री अधिकारीले बिसम परिस्थीतीकै बिच सकेसम्म जनतालाई राम्रो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए। उनले अहिले कर्मचारी समस्यासँग जुधिरहेको नार्कमा सधै यो समस्या नरहने समेत बताएका छन। मन्त्री अधिकारीले धनकुटामा रहेको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, राष्ट्रिय ब्यबसायीक अनुसन्धान कार्यक्रय तथा राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेको अनुगमन गरेका हुन्। अनुगमनको क्रममा सबै कार्यलयका प्रमुखले कार्यलयको अबस्था तथा अहिले सम्म भएको प्रगितीको बारेमा जानकारी गराएका थिए।