
२५ फागुन ,धनकुटा। सर्वनाम नाटक संस्थाको सहयोग तथा कोप्चे पुनर्जागरण अभियानको संयोजनमा भोली (फागुन २६ )गते धनकुटामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनी हुने भएको छ। विभिन्न देशका ख्याति प्राप्त कलाकारद्वारा धनकुटा नगरपालिका वडा नम्बर ५ स्थित तल्लो कोप्चेमा नाटक प्रदर्शनी हुन लागेको आयोजक संस्था कोप्चे पुनर्जागरण अभियानका सचिव उज्वल कर्मचार्यले जानकारी दिए । सडक नाटक प्रदर्शनीमा स्वदेश तथा विदेशका ४० जना कलाकारको सहभागिता हुने जनाइएको छ । कोप्चे पुनर्जागरण अभियानको क्रममा उक्त नाटक प्रदर्शनी हुन लागेको हो । कोप्चे पुनर्जागरण अभियानले बेलाबेलामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।