
१६ फागुन धनकुटा ।धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनमा सिलामसाक्मा परेवा स्तम्भ को उद्घाटन भएको छ । गाउँपालिका, वडा तथा स्थानीय युवाको सहकार्यमा निर्माण सम्पन्न उक्त स्तम्भको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा ले एक समारोहका बीच स्तम्भको उद्धघाटन गरे ।

स्तम्भको उद्धघाटन गर्दै अध्यक्ष सुब्बाले यस्ता खाले स्तम्भले सांस्कृतिक एवं ऐतिहासिक महत्व बोक्ने बताए । उनले स्थानीय पहिचान संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको यो स्तम्भ यो क्षेत्रकै सांस्कृतिक सम्पदाका रूपमा रहने विश्वास व्यक्त गरे । उक्त स्तम्भ गाउँपालिकाको २ लाख र स्थानीयको ४ लाख ६३ हजार लागत सहभागितामा निर्माण सम्पन्न भएको हो । उद्घाटन समारोहमा स्थानीय लिम्बु समुदाय ले परम्परगत झाँकी प्रस्तुत गरेको वडा अध्यक्ष डिकबहादुर लिम्बु ले जानकारी दिए । कार्यक्रममा गाउँपालिका पदाधिकारी, स्थानीय अगुवा, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
