१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

साहित्यकार झमक घिमिरे धनकुटामा सम्मानित



११ फागुन, धनकुटा । साहित्यकार झमक घिमिरेलाई धनकुटामा सम्मान गरिएको छ । इटहरीबाट संचालित प्रदेश खबर डटकमले घिमिरेलाई उहाँको घर धनकुटाको कचिडेमा सम्मानित गरेको हो । प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले घिमिरेलाई अभिनन्दन पत्र प्रदान गर्नुभयो । उक्त अबसरमा घिमिरेलाई २५ हजार रुपैयाँ उपचार सहयोग पनि उपलब्ध गराइएको छ । सेरेब्रल पाल्सी नामक मस्तिष्क पक्षघातबाट पीडित साहित्यकार घिमिरेले देब्रे खुट्टाका दुइ औंलाको सहारामा लेखेको पछिल्लो कृति कर्मणा बजारमा उपलब्ध छ ।

झमकको आत्मबृतान्त समेटिएको पुस्तक जीवन काँडा कि फूलले २०६८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । बोल्न र हिड्न नसक्ने झमकका दुवै हात चल्दैनन् । यस अघि उहाँले विभिन्न एकसय भन्दा बढि पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । उक्त कार्यक्रममा प्रदेश खबरका अध्यक्ष पवन अधिकारी, नेपाल प्रेस युनियनका प्रदेश महासचिव संजिव वाग्ले, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे, प्रतिक्ष्ठानका अध्यक्ष गोपाल गुरागाई, पत्रकार महासंघ धनकुटाका सह सचिव इश्वर थापा लगायतको उपस्थिती रहेको थियो ।