६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनियो ः डा. स्वर्णिम वाग्ले



१८ माघ २०८१,धनकुटा ।रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बताएका छन । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले लामिछानेमाथि लगाईएको निलम्बनप्रति आपत्ती जनाउदै अहिले लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको बताएका हुन । अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर उनको थियो । छिटै रास्वपाको चौथौ चरण सुरु हुने र सवैले पार्टीको अस्तीत्वलाई स्वीकार गर्ने उनले बताए । वाग्लेले संसदीय छानविन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभएपनि जवरजस्त संगठीत अपराधका नाममा फसाउने काम भएको धारणा उनको थियो । नेपालको जाँचबुझ आयोग गठन गरेर सवै नेताहरुको सम्पती छानविन हुनुपर्ने र चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्ने उनले चेतावनी दिए ।