
१८ माघ २०८१,काठमाण्डौ ।भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका युवा संगठनहरुले विरोध र्याली निकालेका छन् ।
समाजवादी मोर्चाको समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा र जनजीविकाका पक्षमा संयुक्त प्रदर्शन गर्दै विरोध र्याली निकालेका हुन् ।शुक्रबार काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल, नेकपा (एकीकृत समाजवादी) को युवा संगठन युवा संघ नेपाल, विप्लव नेतृत्वको नेकपाको युवा संगठन युवा संगठन नेपाल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको युवा संठन नेपाल समाजवादी युवा संघले विरोध र्यालीको आयोजना गरेका हुन् । वर्तमान सरकारले जनविरोधी गतिविधिहरू गरिरहेको निष्कर्षसहित खबरदारीका लागि संयुक्त प्रदर्शन गरिएको उनीहरुले जनाएका छन् । वर्तमान सरकार बनेदेखि नै भ्रष्टाचार, महँगी र कालोबजारी मौलाएको र जनजीविका अस्तव्यस्त बनेको उनीहरुको आरोप छ ।