६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

पाथिभरामा केबलकारको विरोध गर्नेमाथि चलायो प्रहरीले गोली, दुई गम्भीर घाइते



१२ माघ, धनकुटा। ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर शनिबार साझ दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर धर्मान पालुङ्वा र यमबहादुर लिम्बू घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
गोली लागेका एकजनालाई केही अघि र अर्का एकको भर्खरै अस्पताल ल्याइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । पाथिभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको शर्माले जानकारी दिए । त्यसक्षेत्रमा शनिवारदिनभर नै झडप भइरहेको थियो । त्यसक्रममा पहिचान पक्षधर र सुरक्षाकर्मी गरि १८ जना घाईतेभएका थिए ।