७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

Radio Khabar Palika

त्रीवेणीमा धार्मिक मेला र भलिवल प्रतियोगिता हुने



२६ पौष, धनकुटा । माघे संक्रान्तिको अबसरमा चौविसे गाउँपालिकाको फलामेटारमा धार्मिक मेला र भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । यो ठाउँ धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र सँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्छ । त्रीवेणी हिन्दु धार्मिक ग्रन्थमा वर्णित पवित्रधाम मध्येको एक मानिन्छ । मकर संक्रन्तिका दिन त्रीवेणीको पवित्र जलमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने विश्वास छ । त्रीवेणीमा नुहाएर हंसमोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाक्षा पुरा हुने विश्वास रहेको स्थानीय गोविन्द बस्नेतले जानकारी दिए । धार्मिक मेलामा पाँचहजार श्रद्धालु उपस्थित हुने स्थानीय बजार ब्यबस्थापन समितिका सदस्य उमेश कार्कीले जानकारी दिए । श्रद्धालुहरुको सुबिधा र सुरक्षाका लागि आफुहरु प्रतिबद्ध रहेको मेला आयोजक समितीका संयोजक हर्कबहादुर खड्काले जानकारी दिए ।


भलिवल प्रतियोगिता हुने
स्थानीय त्रीवेणी खेलकुद विकास समितिले त्रीवेणीमा आइतबारदेखि भलिवल खेलको आयोजना गर्दैछ । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २ सय २२ रहेको छ । यस्तै दोस्रो पुरस्कार ६६ हजार ६ सय ६६ र सेमी फाइनल प्रवेश गर्ने टीमलाई खर्च बापत २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि विभागिय सहित ८ टीमको सहभागिता रहने छ । आयोजक त्रीवेणी खेलकुद विकास समिति, नेपाल प्रहरीको रानी बिराटनगर, मोरङको बेलबारी, तमोर करोडोर स्पोटिङ, एपिएफको पकली, गुन्याहाङ तमु समाज मकालु संखुवासभा, कोशी प्रदेस टे«निङ सेन्टर लगायतका टीम रहने खेल आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिए ।