२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

Radio Khabar Palika

सुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढिकरण गर्नु पर्नेः मुख्यमन्त्री कार्की



१३ पुस,बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढिकरण गर्नु पर्ने बताएका छन ।
इलामको चुलाचुली गाउँपालिकाको चपेटीमा नेकपा एमाले दमक नगरकमिटीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सहकारीको अरबौँ अरब रकम लुट्नेहरुले देशको ुसिस्टमलाई नै च्यालेन्ज गरिरहेको बताए । उनले जनताले आधा पेट खाएर सहकारी जम्मा गरेको रकम लुट्न कुनै लुटेरालाई छुट नभएको र सबै कानुनको दायरा आउनुर्पो जिकिर गरे ।
सहकारीको रकम हिनामिना र ठगीमा एमाले, काँग्रेस वा रास्वपा अन्य कोही भएपनि छोड्न नहुने उनको भनाई छ ।

देशमा राजनीतिक समस्याहरु आएको, लोकतान्त्रिक शासन प्रणाली, कानुनी राज र संविधानको सर्वोच्चतामाथि हस्तक्षेप गर्ने र सिस्टममाथि नै कालो पोत्ने प्रयासहरु भइरहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई अन्त्य गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको माध्यमबाट लाग्नु पर्ने बताए । यही कारण न्रै दुई ठुला दलहरु मिलेर संघदेखि प्रदेशसम्म सरकार गठन गरेको उनले बताए।