७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

Radio Khabar Palika

पत्रकारलाई जीवन बिमाबारे अभिमुखीकरण, रिलायबल नेपाल लाइफ इन्स्योरेनसद्वारा झोला वितरण



  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पहलमा पत्रकारहरूका लागि जीवन बिमाको महत्व, आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै बिमासम्बन्धी जानकारी प्रदान गर्यो।
  • कार्यक्रममा करिब ४० जना पत्रकार सहभागी भएका थिए। कम्पनीले सहभागी पत्रकारहरूलाई झोला वितरण गरेको थियो भने महासंघले बिमा सचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेको थियो।

७ साउन, धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पहलमा पत्रकारहरूका लागि जीवन बिमाको महत्व र बिमा सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा कम्पनीका कोशी पहाडी जिल्लाका क्लस्टर हेड भेषराज कट्टेलले बदलिँदो परिस्थितिमा जीवन बिमाको आवश्यकता, बिमाले व्यक्ति तथा परिवारलाई प्रदान गर्ने आर्थिक सुरक्षा तथा जोखिम न्यूनीकरणमा यसको भूमिकाबारे जानकारी गराएका थिए। उनले आकस्मिक परिस्थितिमा आर्थिक सुरक्षाको आधार तयार गर्न जीवन बिमा प्रभावकारी माध्यम भएको बताए। अभिमुखीकरणका क्रममा सहभागी पत्रकारहरूले बिमासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। कम्पनीका प्रतिनिधिहरूले ती जिज्ञासाको जवाफ दिँदै बिमासम्बन्धी आवश्यक जानकारी प्रदान गरेका थिए। कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सहभागी पत्रकारहरूलाई झोला पनि वितरण गरेको थियो। नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष विजय सन्तोषी राईले धन्यवाद ज्ञापन गरेका थिए भने महासंघका अध्यक्ष विदुर खवासले पत्रकारहरूका लागि बिमा सचेतनामूलक कार्यक्रम आयोजना गरी सहयोग गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरे। कार्यक्रममा करिब ४० जना पत्रकारहरूको सहभागिता रहेको थियो।