२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

Radio Khabar Palika

मदिरा तथा थोक व्यावसायी संघ धनकुटाको अध्यक्षमा दिजेश शाक्य



१३ पौष, धनकुटा। मदिरा तथा थोक व्यावसायी संघ धनकुटाको शनिवार पर्यटकीय स्थल भेडेटारमा सम्पन्न भएको प्रथम साधारण सभा तथा अधिवेशनले दिजेश शाक्यको अध्यक्षतमा नया नेतृत्व चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा मदन खुलाल,महासचिवमा उत्सव कटेल,सचिव निरज श्रेष्ठ,कोषाध्यक्ष जनक पाण्डे र सदस्यहरुमा दिपक प्रधान,प्रकाश तामाङ,बेद वहादुर राना,नगेन्द्र वस्नेतलाई निर्वाचित गरेको नव निर्वाचित अध्यक्ष शाक्यले जानकारी दिए ।
यसैगरी समितिको सल्लाकारहरुमा विजय सन्तोषी राई,उमेश घिमिरे,लालचन्द्र गोङ्वा,रुकमान तामाङ र मनकुमारी तितुङलाई चयन गरेको छ ।
सो अवसरमा मदिरा तथा थोक व्यावसायी संघ धनकुटाको तर्फबाट खुकुरी रम दि डिस्टीलरीका बजार प्रतिनिधि तुलसी अधिकारीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा नेपाल मदिरा व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा,साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायतको उपस्थिती रहेको थियो ।