![](https://khabarpalikanews.com/wp-content/uploads/2024/11/WhatsApp-Image-2024-11-16-at-17.04.09_8e8bee4c-768x576.jpg)
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको आयोजनामा अनुसन्धानात्मक लेखन सम्बन्धी एक दिने अभिमुखीकरण शनिबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा धनकुटा र तेह्रथुम जिल्लाका फोनिजकर्मीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणमा सहभागिलाई अनुसन्धान बिधिसँगै अनुसन्धानात्मक समाचार रिपोर्टिङबारे अभिमुख गराइएको थियो ।
![](https://khabarpalikanews.com/wp-content/uploads/2024/11/WhatsApp-Image-2024-11-16-at-17.05.08_e169615b-768x576.jpg)
अभिमुखीकरण कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष, पत्रकार कमन देवान र फोनिजका प्रदेश सल्लाहकार तथा ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सदस्य बिदुर खवास, प्रदेश अध्यक्ष सन्तबीर लामा, फोनिजका पूर्व संघीय सल्लाहकार सञ्जय सन्तोषी राई, फोनिज धनकुटाका सल्लाहकार तथा रेडियो नेपालका वरिष्ठ सम्पादक तिलबिक्रम चेम्जोङ, पत्रकार विष्णु सिङ्घक लगायतको उपस्थिति रहेको थियो ।
फोनिजकर्मीहरुलाई प्राज्ञिक एवंम् अनुसन्धानात्मक लेखनमा अग्रसर गराउने उदेश्यले अभिमुखीकरणको आयोजना गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका अध्यक्ष बिनु चेम्जोङले बताइन् ।
फोनिज धनकुटाले केही समय अघि ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ नामक अनुसन्धानात्मक लेखहरु संग्रहित पुस्तक प्रकाशन गरेको थियो ।