३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

प्रतिमन एक लाख रुपैयाँ नजिक पुग्यो अलैँचीको मूल्य



धनकुटा । अलैँचीको मूल्य एक दशकपछि झण्डै एक लाख रुपैयाँ पुगेको छ । पहाडी जिल्लामा उत्पादन हुने अलैँची प्रतिमन (४० किलो) एक लाख रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ व्यापारहिरुले जनाएका छन ।
अलैंची व्यवसायी इन्द्र तितुङले ठूला र राम्रो दानाको प्रतिमन एक लाख, पुच्छर काटेकोलाई ९८ हजार र चलनचल्तीको (सुकाएर निकालेको)लाई ९५ हजारका दरले कारोबार भइरहेको बताए । २०७० र ०७१ सालमा एक लाख ५ हजार सम्म मूल्य पुगेको उनले बताए । गतवर्ष भने यो समयमा ६० हजार प्रतिमन रहेको उनको भनाई छ । नेपालमा उत्पादित ९० प्रतिशत बढी अलैँची झापाको काँकडभिट्टा नाका भएर भारत निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्ला र गाउँका व्यापारीले बिर्तामोडको दरभाउमा भाडा जोडेर खरिद गर्ने गरेका छन् । कतिपयले मूल्य बड्ने आशामा चलेकोभन्दा बढी मूल्यमा खरिद गर्ने र राख्ने गरेको व्यापारीहरु बताउँछन् । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार काँकरभिट्टा नाकाबाट चालु वर्षको पहिलो तीन महिनामा ७ सय ८३ ट्रन भारत निर्यात भएको छ । नेपालका ४२ जिल्लामा अलैंचीको उत्पादन हुने गरेको छ । साउनबाट उत्पादन सुरु हुने अलैंची मंसिर पहिलो साता बोटबाट निकाली सकिन्छ । केहि समय सुस्ताएको अलैची खेति गर्न धनकुटाका किसान फेरी जागरुप भएको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।