१३ पुस, काठमाडौं । एमालेबाट निष्कासित नेता भीम रावललाई नेकपा (एकीकृत समाजवादी) मा आउन महासचिव घनश्याम भुसालले आह्वान गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एकीकृत समाजवादी)मा आउन रावललाई आह्वान गरेका हुन् । एमालेभित्र अहिले धेरै उकुसमुकुस रहेको भन्दै उनले अन्य नेताहरू पनि एकताबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताए…