१७, चैत्र धनकुटा ।सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लब विजयी भएको छ । आईतबार धनकुटाको तल्लो टुडीखेलमा भएको खेलमा नमोबुद्धले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटालाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । नमोबुद्धले तीनवटै गोल पहिलो हाफमा गरेको थियो ।उसका लागि खेलको १७ औं मिनेटमा…