३ फागुन,२०८१,धनकुटा, । डेरी एसोसिएसन धनकुटाले धनकुटा नगरपालिका वडा नं १० मा रहेको आधारभुत विद्यालयका विद्यार्थीहरुलाई कपडा तथा खाद्यान्न वितरण गरेको छ। विद्यालयमा अध्यनरत बौद्धिक अपाङ्गता तथा सुस्त मनस्थिति भएका ३५ जना विद्यार्थीलाई लक्ष्यित गरि २० थान तन्ना तथा खाद्यान्न वितरण गरेको हो। जाडो मौसममा विद्यार्थीहरुलाई केही राहत होस् भन्ने उदेश्यले उक्त कपडा र खाद्यान्न बिरतण गरिएको एसोसिएसनका अध्यक्ष राजु घिमिरेले बताए ।
बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई पर्याप्त स्रोत नहुदा आवासमा समस्या रहेको छ। बौद्धक अपाङ्गता सुस्त मनस्थिति स्रोत कक्षा सञ्चालन भइरहेको विद्यालयमा सरकारी निकायबाट आएको बजेटले प¥याप्त मात्र नपुगेको र दाताहरुको सहयोगले केही राहत पुगेको विद्यालयका प्रधानाध्यापक विनोद सुबेदीले बताए ।
बौद्धक अपाङ्गता सुस्त मनस्थिति स्रोत कक्षा रहेको यस विद्यालयमा विभिन्न दाताहरुले सहयोग समेत गर्दै आएका छन्। स्रोत कक्षामा अध्ययनरत ३५ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गर्दै आएका छन्। विद्यालयमा धनकुटा सहित तेह्रथुम, भोजपुर, मोरङ र सुनसरी लगायतका कोशी प्रदेशमा रहेका जिल्लाहरुका विद्यार्थी अध्ययनरत रहेका छन्।
डेरि एसोसिएसनले गरेको उक्त कपडा तथा खाद्यान्न एसोसिएसनका अध्यक्ष घिमिरे, उपाध्यक्ष डिबि तामाङ, सचिव मकरबहादुर मगर र सदस्य मानबहादुर मगर लगायतले हस्तान्तरण गरेका थिए ।
३ फाल्गुन २०८१, शनिबार
70
Shares