१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको ४२ औँ जिल्ला सभा पाख्रीबासमा सम्पन्न



२ फागुन २०८१,धनकुटा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको ४२ औँ जिल्ला सभा पाख्रीबासमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा संघिय सांसद राजेन्द्र कुमार राईले विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा तथा आपत्कालीन उद्धार कार्यमा रेडक्रसले पुर्याएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताए।

रेडक्रसको मानवीय सेवाले समाजमा ठूलो परिवर्तन ल्याएको उनको भनाई थियो । विपद्को समयमा यसको सक्रियता अझै बढाउन आवश्यक रहेको भन्दै उनले रेडक्रसका ७ सिद्धान्तहरुलाई आत्मासाथ गरि अगाडी बढे सबैको सर्बमान्य सस्था बन्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद निरन राई, इन्द्रमणि पराजुली, प्रमुख जिल्ला अधिकारी लगायतका अतिथिहरूले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाले निरन्तर रूपमा मानवीय सेवाका विभिन्न कार्य गर्दै आइरहेकोमा खुशी व्यक्त गरे । उनीहरुले आगामी दिनमा तठष्त रहेर काम गर्न सुझाव दिएका छन ।

कार्यक्रममा विभिन्न समयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको गतिविधिमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा द्रोणप्रसाद गुरागाई,भोलानाथ घिमिरे,भीमशंकर काफ्ले र डम्बर गुरागाई रहेको शाखाका अध्यक्ष छत्रकुमार श्रेष्ठले जानकारी दिए ।