२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

Radio Khabar Palika

धनकुटामा शहिद भीम नारायण श्रेष्ठको परिवारलाई सम्मान



२६ माघ २०८१,धनकुटा। राष्ट्रिय सहिद भीम नारायण श्रेष्ठको ४६ औ स्मृति दिवसको अवसरमा धनकुटामा सहिद भीम नारायण श्रेष्ठको परिवारलाई सम्मान गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सहिद भीम नारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठ,जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठ र छेठी छोरी ममता श्रेष्ठलाई सम्मान गरे । सो अवसरमा सहिद भीम नारायण श्रेष्ठको परिवारजनले सहिदहरुको देखाएको बाटोमा हिडे साचो अर्थमा सहिदहरु प्रति सम्मान हुने बताए ।


सहिद भीम नारायण श्रेष्ठको परिवारजनलाई सम्मान गरिएको सो समारोहमा सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,धनकुटा सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायत विभिन्न महानुभावहरुको सहभागीता रहेको थियो ।


१९९४ साल अषाढ २४ गते धनकुटामा जन्मनु भएका सहिद भीम नारायण श्रेष्ठलाई २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालिन राज विरेन्द्र र उनका परिवार सवारी हुदा बम प्रहार गरेको अभियोगमा पक्राउ गरी लामो समय सम्म जेलमा कठोर याताना दिई जेलबाट लगेर २०३५ साल माघ २६ गते कोशी टप्पुमा तत्कालीन सरकारले गोली हानी मृत्यु दण्ड दिएको थियो ।
प्रजातन्त्रको योद्धा भीम नारायण श्रेष्ठलाई २०७२ सालमा सरकारले राष्टिय सहिद घोषणा गरेको थियो । सहिद भीम नारायण श्रेष्ठले आफुलाई मुत्यु दण्ड दिनका लागी जेलबाट निकाल्दै गरेको समयमा उहाको अन्तिम बाक्यास साथीहरुलाई भन्नु भएको थियो (जिवन रहे भेट हुन्छ ।

मिलेर संर्घष गरिन्छ । नरहे हाम्रो भेट यति हो । बाचेकाले कान्ति गर्नु मेरो यही खवर सुनाई दिनु ) भन्ने रहेको थियो । श्रेष्ठको ४६ औ स्मृति दिवसको अवसरमा धनकुटाको भीमनरायण चोकमा रहेको सालिकमा माल्यपर्ण समेत गरिएको छ । उक्त कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।