११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

Radio Khabar Palika

उद्योग मन्त्रीसंग औद्योगिक ग्राम र धनकुटाको विकासको वारेमा छलफल



धनकुटा । कोशी प्रदेश सरकारका उद्योग कृषि एवंम सहकारी मन्त्री खगेन सि हाङगाम र सोही मन्त्रालयका सचिव शरण कुमार पाण्डेसंग धनकुटाको विकासको बारे छलफल गरिएको छ । मंगलबार धनकुटा औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष तिलक महल सहितको टोलीले मंत्रलायमा भेटघाट गरी धनकुटाको उद्योग,कृषिका विषयमा छलफल गरेको हो ।
धनकुटा औगिक ग्राम संचालन समितिका अध्यक्ष तिलक वहादुर महत,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,संचालन समितिका सदस्य सचिव माधव बास्कोटा,सदस्य कविता राई लगायतको प्रतिनिधिहरुले मंन्त्री हाङगाम र सचिव पाण्डे लाई औद्योगिक ग्राममको हालको अवस्थाको विषयमा जानकारी गराइएको थियो ।

टोलीले ग्राममा हाल सम्म खानेपानी र विद्युतको आपूर्ती हुन नसक्दा उद्योगहरु संचालन हुन नसक्नुको कारण र उद्योग संचालन गर्न सहयोग गर्न माग गर्दै धनकुटाको समग्र उद्योग र कृषि क्षेत्रको विकासको लागी विशेष योजना ल्याउन माग गरे । मन्न्त्री खगेन सिंह हाङगाम र सोही मन्त्रालयका सचिव शरण कुमार पाण्डेले धनकुटाको औद्योगिक ग्राममा अव उद्योगहरु संचालन गर्न सहयोग गर्ने र धनकुटाको समग्र कृषि र उद्योगहरुको विकासका लागी बजेटको विशेष व्यवस्था गर्ने प्रतिबद्धता गरेको धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।