२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

Radio Khabar Palika

भोटेकोशी बाढीमा दिवंगतप्रति धनकुटाका विभिन्न स्थानमादीप प्रज्वलन (फोटो फिचर )



२२ भदौ,धनकुटा । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण भएको महाविपत्तिमा ज्यान गुमाएकाहरूको स्मरणमा धनकुटाको भीमनारायण चोक सहित विभिन्न स्थानमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ।


जिल्ला प्रशासन कार्यालय धनकुटा र कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको दीप प्रज्वलन कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले एक मिनेट मौनधारण गर्दै भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, विपत्तिमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राईले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेकी थिइन्।

कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। त्यस्तै जिल्ला अन्य स्थानमा पनि विभिन्न संघसस्थाहरुले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलन गरेका थिए ।